



कैलाली। धनगढी उपमहानगरपालिका क्षेत्रका होटलहरूमा प्रहरीले निगरानी बढाएको छ।
विभिन्न होटलहरूमा आकस्मिक अनुगमन तथा जाँच अभियान सञ्चालन गरेको प्रहरीले ११ महिला १३ जना पुरुषलाई पक्राउ गरेको छ।
होटलहरूमा शंकास्पद तथा सामाजिक मर्यादाविपरीत गतिविधि भइरहेको भन्ने सूचनापछि जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले ६ वटा होटलमा एकसाथ अनुगमन गरेको थियो।
नियन्त्रणमा परेकामध्ये ७ जना भारतीय नागरिक रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि आवश्यक सोधपुछ तथा अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।
पक्राउ


