Logo
२ भदौ २०८३, मंगलबार

खाली सिलिन्डर बोकेर सडकमा उत्रिए विद्यार्थी

अक्षरपाटी
२०८३ भदौ २ , मंगलबार ११:०८ मा प्रकाशित

काठमाडौं । नेपाल विद्यार्थी संघले काठमाडौंको घण्टाघर अगाडि ग्यास अभावविरुद्ध प्रदर्शन गरेको छ ।

त्रिचन्द्र बहुमुखी क्याम्पस नेविसंघको आयोजनामा भएको प्रदर्शनमा विद्यार्थीहरूले रित्तो ग्यास सिलिन्डर बोकेर सरकारको विरोध गरेका हुन् ।

ग्यास अभावका कारण विद्यार्थी तथा सर्वसाधारणको दैनिकी प्रभावित भएको भन्दै उनीहरूले तत्काल समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् ।

प्रदर्शनमा विद्यार्थीहरूले ‘बालेन सरकार, चुलो समस्या समाधानमा किन यति ढिलो ?’, ‘निभ्यो चुलो, भोकै पेट, मौन सरकार, कति सहने ?’, ‘किताब बोकेर पढ्ने कि, सिलिन्डर बोकेर लाइनमा बस्ने ?’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न सरकार गम्भीर बन्नुपर्ने उनीहरूको माग छ । विद्यार्थीहरूले ग्यास अभावका कारण पठनपाठनसँगै दैनिक जीवनसमेत प्रभावित भएको बताएका छन् ।

ग्यास अभाव विरोध प्रदर्शन