


काठमाडौं। गृहमन्त्री सुधन गुरुङले धादिङबेसी जोड्ने फुर्केखोला पुल निर्माण कार्य तत्काल अघि बढाउन सडक विभागका कर्मचारीहरूलाई निर्देशन दिएका छन्।
गोरखा जाने क्रममा धादिङका स्थानीयसँग भेटघाट गरेका गुरुङले पुल निर्माणमा भएको ढिलाइबारे स्थानीयको गुनासो सुनेका थिए। पुल निर्माणमा ढिलाइ हुँदा स्थानीयले आवतजावतमा समस्या भोग्नुपरेको गुनासो गरेका थिए।
गुरुङले रोकिएको निर्माण कार्य अघि बढाउन र सरकारसँग आवश्यक समन्वय गरी समस्या समाधानका लागि थप पहल गर्न निर्देशन दिएका हुन्।


