Logo
२२ कात्तिक २०८३, आईतबार

महिला उद्यमीका समस्या समाधानमा मन्त्री बादीको पहल

अक्षरपाटी
२०८३ कात्तिक २२ , आईतबार १०:११ मा प्रकाशित

सुर्खेत । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले महिला उद्यमीका समस्या समाधानका लागि योजनाबद्ध पहल गर्ने बताएकी छन्।

सुर्खेतस्थित लघु औद्योगिक ग्राममा सञ्चालित महिला उद्यमीका व्यवसायको अवलोकन गर्दै मन्त्री बादीले उद्यमीका समस्या, चुनौती र आवश्यकताबारे प्रत्यक्ष जानकारी लिएकी हुन्।

महिला उद्यमीहरूले सहुलियतपूर्ण ऋण, सीपमूलक तालिम, कच्चा पदार्थको सहज उपलब्धता तथा उत्पादित सामग्रीको बजारीकरण र बजार विस्तारको माग राखेका थिए।

मन्त्री बादीले उद्यमीका आवश्यकता सम्बोधन गर्न सम्बन्धित मन्त्रालय तथा निकायसँग समन्वय गरी तालिम, सहुलियतपूर्ण ऋण, कच्चा पदार्थ र बजार विस्तारका लागि पहल गर्ने प्रतिबद्धता जनाइन्।

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै उनले महिला उद्यमीले उत्पादन गरेका साडी र कोटसमेत खरिद गरेकी थिइन्।

मन्त्री सिता बादी

ट्रेन्डिङ ( साप्ताहिक )