




काठमाडौं । नेपालका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच भेटवार्ता भएको छ।
भेटमा नेपाल–भारतबीचको द्विपक्षीय व्यापार तथा आर्थिक सम्बन्धलाई थप सुदृढ र विस्तार गर्ने विषयमा विचारविमर्श भएको भारतीय दूतावासले जनाएको छ।
राजदूत दलेलाले मन्त्री साहसँग भेट गरी दुई देशबीचको व्यापार तथा आर्थिक सहकार्यका क्षेत्रलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरेका हुन्।
भेटवार्तामा द्विपक्षीय व्यापारको विस्तार, आर्थिक सहकार्य तथा नेपाल–भारतबीचको विद्यमान सम्बन्धलाई थप मजबुत बनाउने विषयमा विचार आदानप्रदान भएको बताइएको छ।
नेपाल-भारत

