




ललितपुर । नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरका अध्यक्ष तथा वरिष्ठ अर्बुद रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठले तिहार, शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन्।
डा. श्रेष्ठले पर्वहरूले नेपाली समाजमा सुख, शान्ति, आपसी सद्भाव र समृद्धि ल्याओस् भन्दै देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा मंगलमय शुभकामना व्यक्त गरेका हुन्।
हरिसिद्धि, ललितपुरमा रहेको नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टर क्यान्सर उपचार तथा सेवामा केन्द्रित स्वास्थ्य संस्था हो। अस्पतालले नेपालमै क्यान्सरको पहिचान, उपचार, शल्यक्रिया, रेडियोथेरापी तथा अन्य विशेषज्ञ सेवामार्फत बिरामीलाई सेवा प्रदान गर्दै आएको छ।
अस्पतालले उपचारसँगै क्यान्सरसम्बन्धी जनचेतना, रोकथाम, समयमै पहिचान र विशेषज्ञ उपचारको पहुँच विस्तारलाई पनि प्राथमिकता दिँदै आएको छ। डा. श्रेष्ठको नेतृत्वमा अस्पतालले क्यान्सर उपचार र अनुसन्धानका क्षेत्रमा विभिन्न कार्यक्रम अघि बढाउँदै आएको छ।
यसै अस्पतालको आयोजनामा २०२६ अक्टोबरमा काठमाडौंमा नेपाल क्यान्सर सम्मेलनसमेत आयोजना भएको थियो, जसमा क्यान्सर उपचार, अनुसन्धान तथा बिरामीकेन्द्रित सेवाका विषयमा विशेषज्ञबीच छलफल भएको थियो।
नेपाल क्यान्सर अस्पताल

