Logo
२९ भदौ २०८२, आईतबार

संगीतकार भिम बिसी, शम्भु र एलिनाको ‘अन्त नजर’

अक्षरपाटी
२०७९ पुस २८ , बिहीबार ०३:०१ मा प्रकाशित

काठमाडौं। लोकप्रिय गायिका एलिना चौहान र शम्भु श्रेष्ठको स्वर रहेको ‘अन्त नजर’ बोलको गीतको भिडियो रिलिज गरिएको छ।

रमणीय स्थल पाइलट बाबामा छायांकन गरिएको गीतमा गायक श्रेष्ठकै शब्द शृजना रहेको छ। जसमा लोकप्रिय संगीतकार भिम बिसीको संगीत छ।

कमल सिंह र अलिसा बास्तोलाको अभिनय रहेको गीतमा पछिल्लो पुस्तामा सर्वाधिक रुचाइएका सिनेम्याटोग्राफर उत्सब दाहालको छायांकन रहेको छ भने दिनसन शाहको सम्पादन र कलरिङ छ ।

सन्तोष राजवाहकको निर्देशन रहेको भिडियो संगीतकार भिम बिसीको युटुयुब च्यानल भिम बिसीबाट बजारमा आएको हो।