Logo
२८ पुस २०८१, आईतबार

दरबारमार्गमा अर्गानिक रेस्ट्रो बार संचालनमा

अक्षरपाटी
२०७९ फागुन १ , सोमबार १०:०२ मा प्रकाशित

काठमाडौं १ फागुन। अर्गानिक खानाको परिकारका पारखीलाई लक्षित गर्दै दरबारमार्गमा अर्गानिक रेस्ट्रो बार खुलेको छ।

फिल्म सोसाईटीका अध्यक्ष नायक तथा कलाकार कृष्ण मल्लले रिवन काटेर रेष्ट्रोको उद्घाटन गरेका हुन्।

उदघाटन कार्यक्रममा कलाकार जितु नेपाल, चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, द्वन्द कलाकार संघका अध्यक्ष नारायण प्रधान, वरिष्ठ कलाकार मोहन निरौला, पुरन जोशी, निर्माता मोहनकृष्ण श्रेष्ठ, कलाकार राजेश बिशुराल, गायक शंकरलाल श्रेष्ठ, संचारकर्मी तथा कलाकार सूर्य चन्दलगायत उपस्थित थिए।

दरबारमार्ग बाटा सोरुमको माथिल्लो तल्लामा पारिवारिक वातावरण खुलेको ‘अर्गानिक रेस्ट्रो बार’ खानाका पारखीहरुका लागि अर्गानिक, स्वादिष्ट, हाइजेनिक अन्तर्राष्ट्रिय स्तरको खाना उपलब्ध हुने संचालकको भनाइ छ।

बिहान १० बजे देखि रातिको २ बजे सम्म सेवा प्रदान गरिने उक्त अर्गानिक रेस्ट्रो बारमा ग्राहकका मागलाई उच्च प्राथमिकता दिएर सेवा सुविधा प्रदान गरिने युवा व्यवसायी शितल श्रेष्ठ बताउँछिन्।

अर्गानिक चुलो सिनामंगलमा रहेको र ग्राहकहरुको बढ्दो मागलाई ध्यानमा राखी त्यसको ब्राञ्चका रुपमा दरबारमार्गमा खोलिएको युवा व्यवसायी शितल श्रेष्ठ बताउँछिन।