Logo
२६ पुस २०८१, शुक्रबार

१० दललाई सम्हालेर अगाडि बढ्ने जिम्मा कांग्रेसको काँधमा छ : कोइराला

अक्षरपाटी
२०७९ चैत्र ७ , मंगलबार ०७:०३ मा प्रकाशित

काठमाडौं । वर्तमान सत्ता गठबन्धनमा भएका १० दललाई सम्हालेर अगाडि बढाउने जिम्मा कांग्रेसको काँधमा भएको नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले बताएका छन्।

आज नेपाल प्रेस युनियनले कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाको स्मृतिमा आयोजना गरेको कार्यक्रममा नेता कोइरालाले कांग्रेसको काँधमा ठूलो जिम्मेवारी आएको बताएका हुन्।

उनले भने, ‘प्रचण्डजी (पुष्पकमल दाहाल) सरकारमा हुनुहुन्छ तर सरकारलाई राम्ररी चलाउने जिम्मेवारी कांग्रेसकै काँधमा छ।’

उनले मुलुक आर्थिक रुपमा कठिन अवस्थामा पुगेकाले कांग्रेसलाई गल्ती गर्ने सुविधा नभएको बताए। ‘१–२ दिनमा हामीहरु सरकारमा जाँदैछौँ । अब कांग्रेसलाई गल्ती गर्ने छुट छैन’, उनले भने।

सोही कार्यक्रममा बोल्दै कांग्रेस महामन्त्री गगन थापाले संक्रमणकालीन न्यायलाई पूर्णता दिँदा पीडितको न्यायलाई ख्याल गर्नुपर्ने बताए।

उनले दलहरुले तत्कालको नाफा घाटा नहेरी शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको विषय टुंग्याउनुपर्ने विचार व्यक्त गरे।

संक्रणकालीन न्यायको विषय टुंग्याउन ढिलो भइसकेको भन्दै उनले नेकपा एमालेलाई पनि सहकार्यमा आउन आग्रह गरे।