चितवन। अघिल्ला निर्वाचनमा पार्टीमा विद्रोह गरेका कांग्रेसका नेताहरु आसन्न उपनिर्वाचनमा भने सहयोगीका रुपमा प्रस्तुत हुने भएका छन्।
विगतमा विद्रोह गरेका नेपाली कांग्रेसका नेताहरुले एक अपिल प्रकाशित गर्दै उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई सघाउन आह्वान गरेका छन्।
उनीहरुले रुख चिन्ह लिएर मैदानमा उत्रिएका नेतालाई विजयी गराउन अपिल गरेका हुन्।
अघिल्लो निर्वाचनमा विद्रोह गरेर स्वतन्त्र उम्मेदवारलाई सघाएका पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटा, स्वतन्त्र उम्मेदवार बनेका पार्टीका केन्द्रीय सदस्य दिनेश कोइराला, पूर्वसांसद भीमबहादुर श्रेष्ठ र महासमिति सदस्य मीना खरेलले उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउन अपिल गरेका हुन्।
अपिलमा भनिएको छ,‘मुलुकका गम्भीर समस्याको समाधानका लागि कांग्रेसमा समग्र एकता हुन आवश्यक छ।’