Logo
२१ मंसीर २०८२, आईतबार

काठमाडौं महानगरमा भारतीय फिल्मलाई प्रतिबन्ध !

अक्षरपाटी
२०८० जेठ ३२ , बिहीबार ०७:०६ मा प्रकाशित

काठमाडौं ३२ जेठ। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले भारतीय फिल्मलाई काठमाडौं महानगरमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्।

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन’ भन्ने शब्दावली नसच्चिएसम्म महानगरमा हिन्दी फिल्म चल्न नदिने उनले बताएका हुन्।

बिहीबार अबेर सामाजिक सञ्जालमा मेयर शाहले फिल्मा राखिएको उक्त शब्दावली सच्याउन तीन दिनको समय दिएका छन्। उनले उक्त शब्द नेपालमा मात्र होइन भारतमा पनि सच्याउन माग गरेका छन्।

सामाजिक सञ्जालमा मेयर शाहले लेखेका छन्, ‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौं महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन। यो सच्याउन ३ दिनको समय दिइएको छ।’