Logo
२७ वैशाख २०८२, शनिबार

हवाइट हाउसमा भारतीय प्रधानमन्त्री मोदी

अक्षरपाटी
२०८० असार ७ , बिहीबार ०९:०६ मा प्रकाशित

काठमाडौं ७ असार। चार दिने अमेरिकाको राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ह्वाइट हाउस पुगेका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेट्न उनी ह्वाइट हाउस पुगेको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

भ्रमणका क्रममा अमेरिकामा रहेका मोदी आज अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गर्न ह्वाइट हाउस पुगेका हुन्।

उनले राष्ट्रपति बाइडेनसँगै प्रथम महिला जिल बाइडेन र परिवारसँग पनि भेटघाट गर्ने कार्यक्रम छ।

मोदी र बाइडेनबीच द्विपक्षीय वार्ता तय भएको छ। उनीहरुबीच शिखर सम्मेलनको उद्देश्य रक्षा र अत्याधुनिक प्रविधिको क्षेत्रमा भविश्यका लागि स्पष्ट मार्गचित्र तयार गर्ने विषयमा छलफल हुने बताइएको छ।