Logo
२५ पुस २०८१, बिहीबार

स्वर्गीय मन्त्री सिंहसहित तीन जनाको चैनपुरमा अन्त्येष्टि

अक्षरपाटी
२०८० असार ९ , शनिबार ०६:०६ मा प्रकाशित

बझाङ ९ असार। सवारी दुर्घटनामा निधन भएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंहसहित उनकी पत्नी अमृता र भाउजु जया सिहंको आज बझाङको धौलाबगर घाटमा उनको अत्येष्टि गरिएको छ।

स्वर्गीय मन्त्री सिंहको पार्थिव शरीरमा जेठा छोरा अभिषेक र कान्छा छोरा आदेशले दिउँसो करीब दुई बजे मुखाग्नी दिएका हुन्।

दाहसंस्कार अघि स्वर्गीय मन्त्री सिंहको शव चैनपुरस्थित नेपाली काँग्रेसको पार्टी कार्यालयमा राखिएको थियो।

अन्तिम श्रद्धाञ्जली सभामा परराष्ट्र मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एनपी साँउद, सुदूर पश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह, मन्त्री, पूर्व मन्त्री, नेपाली काँग्रेस तथा बिभिन्न दलका नेता तथा कार्यकर्ता, सर्बसाधारण, शभुेच्छुक र आफन्तहरुले श्रद्धाञ्जली व्यक्त गरेका थिए।

अन्त्येष्टि अघि नेपाल प्रहरीको ३० जनाको टोलीले स्वर्गीय सिंहप्रति अन्तिम सलामी अर्पण गरेको थियो।

धनगढीबाट बझाङ जाने क्रममा केदार स्यूँ गाउँपालिका–१ जुवाली खेतमा गाडी दुर्घटनामा परी मृत्यु भएका मन्त्री सिंहसहित तीनै जनाको विदेशमा रहेका कान्छा छोरा आदेश आएपछि मृत्यु भएको पाँचौ दिन आज दाहसंस्कार गरिएको हो।

काँग्रेसका नौवटै जिल्लाका पार्टी कार्यालय, संसदीय दलका प्रमुख सचेतक रमेश लेखक लगायतले शोक वक्तव्य जारी गर्दै दुःख व्यक्त गरेका छन्।