Logo
२७ वैशाख २०८२, शनिबार

ललिता निवास प्रकरणमा भाटभटेनीका सञ्चालक गुरुङ पक्राउ

अक्षरपाटी
२०८० असार १२ , मंगलबार ११:०६ मा प्रकाशित

काठमाडौं १२ असार। देशभर भाटभटेनी सुपरमार्केटको जालो विस्तार गरिरहेका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन्।

उनलाई ललिता निवास जग्गा प्रकरणमा अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो।

ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना गरेको प्रकरणमा आरोपित उनी प्रहरीको फरार सूचीमा थिए।

प्रकरणमा गुरुङले शोभाकान्त ढकाल, रामप्रसाद सुवेदी तथा मालपोत कार्यालयका हुपेन्द्रमणि केसी र टीका घिमिरेसँगको मिलोमतो सबैभन्दा धेरै जग्गा खरिद गरेको पाइएको थियो।

२०७७ सालमा विशेष अदालतले व्यवसायी गुरुङसँग दुई करोड रुपैयाँ धरौटी माग गरेको थियो। मुद्दा दायर भएको एक वर्षपछि उनी अदालतमा उपस्थित भएका थिए।