Logo
२१ मंसीर २०८२, आईतबार

एमाले र रास्वपाद्वारा संसद बैठक अवरुद्ध

अक्षरपाटी
२०८० असार १२ , मंगलबार ११:०६ मा प्रकाशित

काठमाडौं १२ असार। जिल्ला निर्वाचन र जिल्ला तथ्यांक कार्यालय खारेज गर्ने सरकारको निर्णयको विरोध गर्दै विपक्षी दल नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले संसद बैठक अवरुद्ध गरेका छन्।

जिल्ला निर्वाचन कार्यालयलाई प्रशासन कार्यालयमा गाभ्ने तयारी भएको भन्दै दुवै पार्टीका सांसदहरुले प्रतिनिधि सभाको बैठक चल्न नदिएका हुन्। उनीहरुले सरकारले सो निर्णय सच्याउनुपर्ने माग गरेका छन्।

संसद सुरू भएपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले निर्वाचन कार्यालयलाई खारेज गरी प्रशासन कार्यालयमा गाभ्ने निर्णय लोकतन्त्र विरोधी भएको र त्रुटि सच्याउन माग गरेका थिए।

एमालेका सांसदले पनि यस विषयमा विरोध जनाएको हो। एमाले सां‌सद सूर्य थापाले यसलाई सच्याउनुपर्ने भन्दै विरोध जनाएका छन्।