रेकर्ड भएको ३५ वर्षपछि नारायण गोपालको ‘केही मीठो बात गर’को भिडियो

अक्षरपाटी
२०८० असार २८ , बिहीबार ११:०७ मा प्रकाशित

काठमाडौं २८ असार। स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यको स्वर तथा संगीत रहेको कालजयी गीत ‘केहि मिठो बात गर’ गीत रेकर्ड भएको ३५ वर्षपछि आधिकारिक म्युजिक भिडियो निर्माण गरिएको छ।

बिहीबार जमलस्थित बिश्वज्योती सिनेमा हलमा एक कार्यक्रमबीच ‘केहि मिठो बात गर’को भिडियो सार्वजनिक गरिएको हो।

गीतकार कालीप्रसाद रिजालको शब्द रचना रहेको गीतलाई स्वरसम्राट नारायण गोपालले २०४५ सालमा म्युजिक नेपालको स्टुडियोमा रेकर्ड गरेका थिए।

नारायणगोपाल संगीत कोष संगको सहकार्यमा म्युजिक नेपालले भिडियो निर्माण गरेको हो।

गीतको म्युजिक भिडियोमा नायिका केकी अधिकारी र दीपक भट्टको अभिनय छ।

भिडियोमा चालिसको दशकको नेपालको परिवेशलाई समेटिएको छ। सुव्रत आचार्यलेको निर्देशन रहेको भिडियोमा बिजेश पौडेलको सम्पादन, कलर तथा भिएफक्स र उत्सव दाहालको सिनेमाटोग्राफी छ।

भिडियोलाई म्यूजिक नेपालले बजारमा ल्याइएको हो।