Logo
७ वैशाख २०८२, आईतबार

इरानसँग पराजित हुँदै नेपाल प्रतियोगिताबाटै बाहिरियो

अक्षरपाटी
२०८० असोज ३ , बुधबार ०४:०९ मा प्रकाशित


काठमाण्डौ,३ असोज । एसियाली खेलकुदअन्तर्गत पुरुष भलिबलमा इरानसँग पराजित हुँदै नेपाल प्रतियोगिताबाटै बाहिरिएको छ ।

चीनको हाङझाउमा आज बुधवार भएको खेलमा नेपाल इरानसँग ३–० को सोझो सेटमा पराजित भयो । नेपाल इरानसँग २५–९, २५–१५ र २५–१३ ले पराजित भयो ।

हिजो मङ्गलवार भएको पहिलो खेलमा नेपाल बहराइनसँग ३–१ ले पराजित भएको थियो । आजको हारसँगै नेपाल जितविहीन बन्दै प्रतियोगिताबाट बाहिरिएको हो ।