काठमाडौं। राष्ट्रियसभा सदस्य निर्वाचनका विषयमा छलफल गर्न कांग्रेसले कार्यसम्पादन समिति बैठक आज बोलाएको छ।
दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्नेछ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले मुलुकको समसामयिक राजनीतिक घटनाक्रम र राष्ट्रियसभाको निर्वाचनका सन्दर्भमा छलफल गर्न बैठक बोलाइएको बताए।
पार्टीले केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उपस्थित हुन पार्टी पदाधिकारी एवं सदस्यलाई अनुरोध गरेको छ ।
कांग्रेसमा केन्द्रीय समितिको बैठक नियमित बस्न नसकेको अवस्थामा महत्वपूर्ण निर्णय गर्न पदाधिकारी र सिनियर केन्द्रीय सदस्य रहने कार्यसम्पादन समितिको बैठक बस्ने गर्छ।