Logo
१६ चैत्र २०८०, शुक्रबार

निसर्ग हस्पिटलमा रक्तदान कार्यक्रम सम्पन्न

अक्षरपाटी
२०७९ भदौ २३ , बिहीबार ०५:०९ मा प्रकाशित

धनगढीको हसनपुरमा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरको आयोजनामा विहिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

विश्व फिजियोथेरापी दिवसको अबसरमा आयोजित रक्तदान कार्यक्रममा हस्पिटलका २१ जना कर्मचारीहरुले रक्तदान गरेका थिए । यस्तै ४७ जना फिजियोथेरापीका बिरामीहरुलाई निशुल्क सेवा प्रदान गरेको हस्पिटलका फिजियोथेरापीस्ट डाक्टर नबिन ढुङगानाले जानकारी दिनुभएको छ ।

यस्तै निसर्ग हस्पिटलका अध्यक्ष तिर्थराज पन्तले रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान गुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम गरेको बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी संगको प्राबिधीक सहयोगमा हस्पिटलले आप्ःनै प्राङ्गणमा कार्यक्रम सम्पन्न गरेको हो ।

निसर्ग हस्पिटल