Logo
११ वैशाख २०८१, मंगलबार

आज साँझ ५ बजेदेखि धनगढीमा अनशन बस्दै गोविन्द केसी

अक्षरपाटी
२०७९ भदौ २७ , सोमबार ०२:०९ मा प्रकाशित

धनगढी । सत्याग्रही चिकित्सक गोविन्द केसीले आजदेखि धनगढीमा अनशन बस्ने भएका छन् ।

माग पूरा गर्न समयसीमा दिए पनि सरकारले बेवास्ता गरेको भन्दै उनी अनशन बस्न यतिबेला धनगढी आईपुगेका छन ।
उनी आज साँझ ५ बजेदेखि २०औँ सत्याग्रह बस्न धनगढी आएका हुन्।

उनले सरकारी स्वास्थ्य सेवा सुलभ र गुणस्तरीय हुनुपर्ने, जलवायु परिवर्तनले पारेका असरबारे समयमै सचेत रहनुपर्नेलगायत माग राखेका छन् ।

डा. केसीले आफूले राखेका माग र समाधानको खाका समेत सरकारलाई बुझाइसकेका छन्।