Logo
११ वैशाख २०८१, मंगलबार

मुगुमा पाठेघरको सफल शल्यक्रिया

अक्षरपाटी
२०७९ भदौ १९ , आईतबार ०३:०९ मा प्रकाशित

मुगु। हिमाली जिल्ला मुगुमा पाठेघरको सफल शल्यक्रिया गरिएको छ।

विशेषज्ञ डा सुरेन्द्र शाक्यको नेतृत्वको टोलीले सोरु गाउँपालिका–६ की ७० वर्षीया मोतिउ रोकायाको जटिल प्रकारको पाठेघर खस्ने समस्याको शल्यक्रिया गरेको जिल्ला अस्पताल मुगुका डा अर्जुन भामले बताए।

उक्त शल्यक्रियामा विशेषज्ञ डा शाक्य, अर्जुन भाम, स्टाफ नर्स सुनिता वली र सिनियर अनमी रामदेवी केसीलगायतको टोली खटिएको थियो।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले मुगु अस्पतालमा विशेषज्ञ चिकित्सक शाक्यलाई पठाएपछि समान्यदेखि जटिल शल्यक्रिया अस्पतालमै हुन थालेको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालले केही वर्ष पहिले पनि विशेषज्ञ डाक्टर पठाएको र विशेषज्ञ सेवा दिइने गरेको भए पनि बीचमा विशेषज्ञ डाक्टर नहुदाँ सेवा रोकिएको थियो।

डेढ वर्षदेखि विशेषज्ञ डाक्टर नहुँदा सामान्य शल्यक्रियादेखि जटिल खालका बिरामी सुर्खेतदेखि नेपालगञ्जसम्म जाँदा बिरामीको उपचारमै लाखौँ रकम खर्च हुने गरेको थियो।

शल्यक्रिया मुगु