Logo
१६ चैत्र २०८०, शुक्रबार

साबा महिला च्याम्पियनसिप : नेपालले आज श्रीलंकासँग खेल्ने

अक्षरपाटी
२०७९ असोज ११ , मंगलबार ०२:०९ मा प्रकाशित

काठमाडौं । माल्दिभ्समा भइरहेको महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले आज आफ्नो दोस्रो खेल श्रीलंकासँग खेल्दैछ । नेपाल र श्रीलंका बीचको खेल नेपाली समय अनुसार राति ९ः१५ बजे सुरु हुनेछ ।

पहिलो खेलमा नेपाल घरेलु टोली माल्दिभ्ससँग ५१–४७ ले पराजित भएको थियो । श्रीलंकाले भने भुटानलाई ९८–३३ ले सहजै हराएको थियो ।भारतले अन्तिम समयमा नाम फिर्ता लिएपछि उपाधि जित्ने लक्ष्य राखेको नेपालसामु पहिलो हारले चुनौती थपिएको छ ।

पहिलो जितको खोजीमा रहेको नेपालका लागि श्रीलंकाविरुद्धको खेल चुनौतीपूर्ण हुने ठानिएको छ ।सन् २०१६ मा नेपालमा भएको प्रतियोगितामा श्रीलंका च्याम्पियन बन्दा नेपाल उपविजेता भएको थियो ।

दक्षिण एसियाका चार राष्ट्र मात्र सहभागी प्रतियोगितामा नेपालले अन्तिम खेलमा भुटानसँग बुधबार खेल्नेछ ।