Logo
१४ वैशाख २०८१, शुक्रबार

पाँच सय ६२ जना कोरोनाका सक्रिय सङ्क्रमित, डेंगुबाट ५४ को मृत्यु

अक्षरपाटी
२०७९ कात्तिक १९ , शनिबार ०९:११ मा प्रकाशित

काठमाडौं। आज थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। एक हजार दुई सय ७६ नमूना परीक्षण गर्दा सो सङ्ख्या स¬ङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

शनिबार १७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय ६२ छ। नेपालमा हालसम्म १० लाख सात सय आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ। कोरोनाबाट १२ हजार १९ जनाले ज्यान गुमाएका छन्।

खोप अभियान शुरु भएदेखि हालसम्म दुई करोड ३२ लाख आठ हजार चार सय ८३ डोज खोप लगाइएको छ। दुई करोड २३ लाख २४ हजार नौ सय ३३ जनाले पूर्ण मात्रा र ७९ लाख ७२ हजार सात सय ९१ जनाले अतिरिक्त मात्रा खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घन्टामा खोप लगाएको विवरण प्राप्त नभएको मन्त्रालयले जनाएको छ।

हालसम्म डेङ्गुबाट ५४ जनाको मृत्यु भएको छ। गत साउनदेखि हालसम्म ४६ हजार सात सय ६८ डेङ्गु रोगी देखिएको मन्त्रालयले जनाएइको छ। ७७ जिल्लामा डेङ्गुका बिरामी भेटिएका छन्।