Logo
१५ मंसीर २०७९, बिहीबार

‘आशै मारेका थियौँ, निसर्गले बाबुको ज्यान जोगाइदियो’

अक्षरपाटी
२०७९ मंसीर १ , बिहीबार ०१:११ मा प्रकाशित

धनगढी १ मंसिर। धनगढीमा रहेको सुदूरपश्चिमकै सुविधासम्पन्न निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टरमा पेरिटोनियल डायलाईसिस पद्धतिद्वारा ६ महिने बच्चाको उपचार सफलतापूर्वक सम्पन्न भएको छ।

सुदूर र मध्यपश्चिममै पहिलोपटक योखाले उपचार सफल भएको अस्पतालले जनाएको छ ।

सामान्यतया बयस्क तथा जेष्ठ नागरिकमा डायलासिस गर्दा रगत फेरेर गरिन्छ । १५ किलो भन्दा कम तौल भएका बच्चाहरुमा जम्मा २ वटा बिधीहरु मार्फत उपचार हुने चिकित्सकहरु बताउँछन्। यसमा पेरिटोनियल डायलासिस पद्धती र सीआरआरसी पद्धती पर्दछन ।

सजिलो र सुलभ संसाधनहरुबाट गर्न सकीने हुनाले बैतडीको पुर्चौडी नगरपालिका ७ का ६ महिने बालक सुबाश बिष्टको उपचार पेरिटोनियल डायलासिस पद्धतीबाट गरिएको उपचारमा संलग्न नवजात शिशु तथा वालरोग सघन उपचार विशेषज्ञ डाक्टर पुष्पराज अवस्थी बताउँछन ।

अवस्थीका अनुसार बालकको दुबै मृगौलाले कामगर्न छोडेकोले सरिरमा पानिको मात्रा बढ्दै गएको र अम्ल तथा बिकारहरु जम्माहुदै गएकोले उक्त पद्धती प्रयोग गर्नुपरेको थियो । यो पद्धतीमा मिर्गौला रोगीको पेटमा पाइप राखिन्छ, पेटभित्र गएको पाइपमा डायलाईसिस गर्नेपानी हालिन्छ। त्यो पानी पेटको झिल्लीबाट सुध्धीकरण भएर शरीरबाट फोहोर र बढी भएको पानी निकालिदिन्छ र उपचार गरिन्छ।

बिष्टलाई गत कार्तिक १७ गते सिकिस्त अबस्थामा उपचारका लागि निसर्गमा ल्याइएको थियो। बालकलाई डडेल्धुराबाट भेन्टिलेटरमै राखेर एम्बुलेन्समा निसर्गमा पुर्याइएको थियो। बालकलाई आईसियुमा भर्ना गर्दासम्म उसको सरिरका धेरैजसो अंगहरुले कामगर्न छोडिसकेका उपचारमा संलग्न नवजात शिशु तथा वालरोग सघन उपचार विशेषज्ञ डाक्टर पुष्पराज अवस्थीले जानकारी दिए ।

बालककी आमा दुर्गा बिष्टले आँखाभरी आँशु पार्दै भनिन्, ‘सुरुमा सामान्य रुघा, खोकी मात्रै सोच्यौँ, नजिकैको मेडिकलबाट औषधि गरेँ तर ठिक भएन। झन साह्रो भएपछि डडेल्धुरा लगेँ, त्यहाँ पनि ठिक भएन।’ बच्चाको अबस्था झन बिर्गँदै गएपछि भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि निको भएन । अवस्था निकै खराब भएपछि आशै मारेर भेन्टिलेटरमै निसर्ग ल्याएको उनले सुनाइन्। निसर्गमा डाक्टरहरुले  बच्चा बचाइदिएकोमा उनीसँग व्यक्त गर्ने खुशी र धन्यवाद दिने शब्द छैन।

नवजात शिशु तथा वालरोग सघन उपचार विशेषज्ञ डाक्टर पुष्पराज अवस्थी यो सुदूरपश्चिममै पहिलोपटक पेरिटोनियल डायलासिस पद्धतिद्वारा बालकको उपचार गरेको सुनाउँछन्।

उनको उपचारमा नवजात शिशु तथा वालरोग विशेषज्ञ डाक्टर प्रदिप मिश्र, नवजात शिशु तथा वालरोग विशेषज्ञ डाक्टर दिपक पौडेल, एनेस्थेसियोलोजिस्ट डा हेमन्त ओझा र सुनिल भट्टलगाएतको टिम संलग्न भएको अस्पतालले जनाएको छ।