Logo
११ वैशाख २०८१, मंगलबार

सूर्या र ज्योति अब सूर्यज्योतिका रुपमा एकीकृत कारोबारमा

अक्षरपाटी
२०७९ पुस १७ , आईतबार १०:०१ मा प्रकाशित

काठमाडौ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले अब एकीकृत कारोबार सुरु गरेको छ। नयाँ बानेस्वर स्थित होटल एभरेष्टमा मर्जर समारोहको उदघाटनपछि एकीकृत कारोबार थालेको हो।

सूर्र्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स मर्ज भई बनेको सूर्यज्योतिले पुस ७ गतेदेखि नै एकीकृत कारोबार सुरु गरेको हो।

गत असार १२ मा प्रारम्भिक सम्झौता गरेका कम्पनीले छोटो समयमै मर्जरको काम सम्पन्न गरी एकीकृत कारोबार गर्न थालेका हुन्।

मर्जर पश्चात बनेको कम्पनीको चुक्ता पूँजी ४ अर्ब ५४ करोड पुगेको छ। यससँगै कम्पनी चुक्ता पुँजीमा तेश्रो ठूलो बीमा कम्पनी बन्न सफल भएको छ।

एकीकृत कारोबार पश्चात सूर्यज्योतिको जीवन बीमाकोष २२ अर्ब, लगानी २८ अर्ब र कुल शाखा संख्या १८१ पुगेको छ। कुल कर्मचारीको संख्या ६७५ पुगेको छ ।

एक उज्जवल सुरुवात भन्ने नाराका साथ नेपालको लाइफ इन्स्योरेन्स क्षेत्रमा अझ बृहत, अझ सवल र अझ विशाल उपस्तिथि सूर्यज्योतिको दाबी कम्पनीको छ।

सूर्यज्योति लाइफ इन्स्योरेन्स