Logo
१२ वैशाख २०८१, बुधबार

कांग्रेसका कमललाई सुदूरपश्चिम सरकारको कमाण्ड

अक्षरपाटी
२०७९ माघ २६ , बिहीबार ०७:०२ मा प्रकाशित

धनगढी २६ माघ। विश्वासको मत प्राप्त गर्न नसकेर एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्रसिंह रावलले महिना दिनमै सत्ताबाट हात धुनुपरेलगत्तै सुदूपश्चिममा कांग्रेस नेतृत्वको सरकार बनेको छ।

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले सम्हालेका छन्। रावल नेतृत्वको सरकार ढलेपछि संविधानको धारा १६८ (३० अनुसार सबैभन्दा ठूलो दलका हैसियतले शाहलाई प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

सरकार निर्माणका लागि ससर्त समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले आफ्नो पार्टीका संरक्षक रेशम चौधरीलगायत नेताको रिहाइ नभएपछि रावलाई विश्वासको मत दिन अस्वीकार गरेको हो।

रावलले विश्वासको मत नपाएर पद गुमाएपछि आज बेलुकी मुख्यमन्त्रीमा नियुक्त भएका शाहले भोलि पद तथा गोपनीयताको सपथग्रहण गर्ने कार्यक्रम रहेको छ।

शाह मुख्य मन्त्री बनेपनि उनलाई समेत विश्वासको मतको सकस पर्नेछ । त्यसका लागि या त नागरिक उन्मुक्तिलाई मनाउनु पर्ने छ या पुरानै गठबन्धनको नेकपा माओवादीको साथ चाहिने छ।

कमलबहादुर शाह सुदूरपश्चिम