Logo
६ जेठ २०८१, आईतबार

चिकित्सकको आन्दोलनले देशभरका अस्पताल बन्द, बिरामी पनि सडकमा

अक्षरपाटी
२०७९ माघ २९ , आईतबार १०:०२ मा प्रकाशित

काठमाडौं २९ माघ। नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका स्वास्थ्य संस्था बन्द भएपछि बिरामीहरु उपचार नपाएर आन्दोलित भएका छन्।

नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीको आह्वानमा आज देशभरका अस्पतालमा इमर्जेन्सीबाहेकका सेवा ठप्प छन्।

काठमाडौंका बीर, टिचिङ लगायतका अस्पतालमा उपचारका लागि भन्दै बिरामी र उनीहरुका आफन्त बिहानै पुगे पनि रित्तो हात फर्कनुपरेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा ट्रमा सेन्टरका एक चिकित्सकमाथि प्रहरीले लाठी बर्साएपछि चिकित्सक आन्दोलित बनेका हुन्।

उपचारका लागि एकाबिहानै अस्पताल पुगे पनि ओपिडी पर्चा समेत नपाएपछि बिरामी र उनीहरुका आफन्त पनि आन्दोलित बनेका छन्।

उता सरकार र आन्दोलनमा उत्रिएका चिकित्सकका प्रतिनिधिबीच वार्ता भइरहेको छ।

सिंहदरबारमा सरकारको तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव डा गणेश पाण्डे र चिकित्सकहरुको तर्फबाट नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्की नेतृत्वको टोली वार्तामा सहभागी छ।

चिकित्सक आन्दोलन