Logo
१३ वैशाख २०८१, बिहीबार

हिमाल हस्पिटलका डा जयदेबको लावरवाहीले २८ महिने बालिकाको निधन, रित्तियो बावुआमाको काख

अक्षरपाटी
२०७९ फागुन ९ , मंगलबार ०९:०२ मा प्रकाशित

काठमाडौं ९ फागुन। काठमाडौंको नक्साल र ज्ञानेश्वको बीचमा रहेको हिमाल हस्पिटल तथा त्यहाँ कार्यरत डाक्टरको लापरवाहीले एक २८ महिने बालिकाको ज्यान गएको उनको परिवारको दावी छ।

माघ २३ गते २८ महिने प्रशंसा गौतमलाई सामान्य रुघाखोकी लागेपछि उनका बुवा गंगा गौतम र आमा आषिका भण्डारीले उपचारका लागि हिमाल अस्पतालमा पुर्याएका थिए।

अस्पतालमा डा जयदेव यादवले प्रशंसालाई सामान्य भाइरल ज्वरो हो भन्दै २४ माघमा ४ दिनको औषधि दिएको परिवारले जनाएको छ। तर सो औषधिले प्रशंसाको स्वास्थ्यमा कुनै सुधार आएन।

त्यसपछि भोलिपल्टै उनलाई पुनः अस्पताल पुर्याइयो। बालिकालाई सास फेर्न समेत गाह्रो भएको कुरा डाक्टर यादवलाई भनेपछि उनले ज्वारो बढी आएकाले त्यसो भएको भन्दै वाफ दिएर घर लैजान सुझाव दिएको बुवा सौरभ दर्पण (गंगा गौतम)ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रशंसाका बुवा गंगा र आमा आषिका

त्यसपछि पनि आत्तिएर आफूहरुले अस्पताल लग्नै ल्याउने गरिरहे तर डाक्र यादवले केही होइन साँझ विहान बाफ दिन भने। तर बालिकाको पेट र अनुहार मात्र सुन्निएन उनलाई सास फेर्नै गाह्रो हुँदै गयो। कमजोर बन्दै गएको कुरा उनले विज्ञप्तिमा जनाएका छन्।

२६ गते आफूहरुले जबरजस्ती अस्पतालमा भर्ना गराएर रगत परीक्षण तथा भिडियो एक्सरे गर्दा बालिकाको फोक्सोमा पानी फैलिएको देखियो। त्यसपछि भने डाक्टरले ह्याम्समा लैजान भनेको कुरा अभिभावकले गुनासो गरेका छन्। तर ह्याम्सले नपठाउन भनेपछि डाक्टरले कान्ति बाल अस्पतालमा भनिदिएको भन्दै हिमाल हस्पिटलका डाक्टर यादवले आफूबाट समस्या पन्छाउन खोजेको र आफूले लेखेको प्रेसक्रिप्सन समेत लुकाउन खोजेको अभिभावकले उल्लेख गरेका छन्।

 

डा जयदेब यादवले लेखेको प्रेसक्रिप्सन

फोक्सोको एकातिर ६० र अर्कोतिरको फोक्सोमा ७० प्रतिशत पानी भरिएको देखेपछि उनले आफ्नोमा उपचार सम्भव नभएको जवाफ डा यादवले दिए। त्यसपछि उनले दिन नखोजेको कागज खोसेर कान्तिमा लगे। तर कान्तिले भर्ना लिएन। पछि मेट्रोमा लिएर भर्ना गरेको एक घन्टामै अस्पतालले उनलाई मृत घोषणा गरिदियो।

आफ्नो बच्चा त कहिल्यै नफर्कने गरि गए पनि बच्चाको डाक्टर बनेर गरिरहेको बदमासी माथि अस्पताल र डाक्टरमाथि छानबिन हुनुपर्ने माग प्रशंसाका अभिभावको छ। तर हिमाल अस्पताल प्रशासनले भने यो घटनाबारे आफूहरुलाई केही थाहा नभएको र बुझ्नुपर्ने बताएको छ।

स्वर्गी प्रशंसाका बुवाको विज्ञप्ति जस्ताको त्यस्तै

दुर्गम गाउँबाट बिरामी उपचारका लागि देशको राजधानी ल्याइन्छ र निको पारेर फर्काईन्छ । त्यही राजधानीमा सामान्य रुघाखोकी लागेकी मेरी साढे दुई वर्षकी छोरी प्रशंसा गौतमले ४ दिनदेखि लगातार डाक्टरको सम्पर्क र निगरानीमा हुँदाहुँदै पनि उचित उपचार नपाएर मृत्युवरण गर्नु पर्यो, किन ? हाम्रो स्वास्थ्य प्रणालीमा वा उपचार पद्धतीमा कहीँ कतै कमजोरी छ कि किन यस्तो हुन्छ ? कि नेपालमा बेचिने औषधीमा खराबी छ? कि डाक्टरको योग्यतामा कमजोरी छ? बिरामीको उपचार गर्दा अवस्था अध्ययन गर्ने, जाँच गर्ने अनिवार्य हुन्छ कि हुँदैन ?

छोरी प्रशंसालाई सामान्य रुघाखोकी थियो, नक्सालको एक क्लिनिकमा देखाएर औषधी लगेर खुवाइयो । २–३ दिनसम्म बेलाबेला कम हुँदै फेरि ज्वरो फर्किने हुन थालेपछि २३ गते नक्साल, कमलपोखरीकै हिमाल हस्पिटलमा लगेर त्यहाँ उपलब्ध बच्चाको डाक्टर डा। जयदेव यादव ९एन।एम।सी। नं। १०८४५० लाई देखायौँ । अगाडि खुवाई रहेको औषधि र अवस्था सबै देखाएपछि डाक्टरले आफ्नो उपचार थाले । ज्वरो नाप्ने मुखभित्र हेर्ने, छातीको आवाज सुन्ने आदि।

‘भाइरल ज्वरो हो, म दबाई लेखिदिन्छु, खुवाएर हेर्नुस् अनि ४ दिनपछि मलाई आएर भेट्नुस्’ भनेर शुक्रबारलाई फलोअपको लागि बोलाउँदै हामीलाई पठाए । छोरीलाई उनले दिए अनुसार दबाई र खाना खुवाउँदै भोलिपल्टसम्म हेर्यौँ, तर सुधार देखिएन । अलिअलि गर्दै छोरीको खाना कम हुँदै गयो । उनी कमजोर देखिन थालिन्, फेरि भोलिपल्टै लिएर गयौं र उनै डाक्टरलाई देखायौं, ‘औषधीले काम गर्न थालेको हो, डराउनु पर्दैन झोलिलो कुरा प्रसस्त खुवाउनुस्’ भने ।

मलाई डर लागेर ‘कि केही अरु जाँचहरु गराएर हेर्नुपर्छ कि?’ भनेर सोध्दा डाक्टरले ‘केही पर्दैन, बरु यही ल्याएर बिहान बेलुका ३ दिन बाफ लगाउनु, म लेखिदिन्छु’ भनेपछि हामीले पनि त्यही गर्यौं।

त्यो सबै गर्दै गर्दा पनि नानीलाई सञ्चो भएन घ्यारघ्यार बढ्न थाल्यो। दिउँसो छोरी सुतेको बेला अलि ज्यादै ‘घ्यारघ्यार’ भएको सुनेर मोबाइलमा छोरीको भिडियो समेत खिचेर लगेर डाक्टरलाई देखायौँ।

डाक्टरले भने ‘त्यो हेर्नै पर्दैन बिरामीलाई यही देख्खिरहेको छ।’ उक्त कुरालाई खासै महत्व दिएनन् । बिहान बेलुका दुई पटक हस्पिटल जाँदै बाफ लगाउँदै साँझ फेरि डाक्टरलाई देखाउँदै गर्यौं । बुधबार डाक्टरलाई भेट्दा छोरीको अनुहार हल्का सुन्निएको र पेट अलिकति फुलेको पनि देखाएँ र ‘कि एक्सरे गरेर हेरौँ’ भनेर सोधेँ । डाक्टरले ‘यो सामान्य हो, खाना नखाएर ग्याँसले होला’ भने । बिहीबार पनि बिहान बाफ लगाउन लैजाँदा ईमर्जेन्सीका नर्सहरुले ‘नानी सिथिल छिन् त’ भन्दै थिए । तर डाक्टरलाई रिपोर्ट गरेनन् होला ।

सोही दिन बेलुका ५स्३० मा फेरि छोरीलाई लिएर गयौँ, बाफ लगायौँ र डा को क्याबिनमा लिएर गयौँ । छोरी कुर्सीमा बस्न सकिनन् अनि बेडमा सुतायौँ । सबै अवस्था बेलिबिस्तार लगाएर ‘अब बरु भर्ना गरेरै उपचार गरौँ, घरमा राख्दा गाह्रो होला’ भनेर डाक्टरलाई भन्यौँ । तर डाक्टर फेरि पनि ‘आत्तिनु पर्ने कुरा छैन तर त्यसो भन्नुहुन्छ भने एउटा एक्स–रे हेरौँ अनि रगतको जाँच पनि गरौँला’ भनेर लेखिदिए।

हामी एक्सरे गराउन गयौँ र लिएर आयौं, जब रिपोर्टमा फोक्सोमा दुबैतिर निक्कै पानी फैलिएको देखियो तब मात्र बिरामीको स्याचुरेसन (अक्सिजन) जाँचियो र भर्ना प्रकृया सुरु गरियो। अक्सिजन लेवल धेरै घट्न थालेपछि ‘यहाँ भर्ना नगरौँ, अर्कै अस्पताललाई रेफर गरिदिन्छौँ, पीआईसीयू भएको हेम्स अस्पतालमा पठाइदिन्छौँ’ भने। त्यो पनि मान्न हामी तयार भयौँ । तर फोनमा डाक्टरले बिरामीको कन्डिसन बताएपछि हेम्सको डाक्टरले नपठाउनु भने ।

त्यसपछि डा जयदेव यादवले अर्को नाटक रचेर भने, ‘कान्ती बाल अस्पताललाई मैले कुरा गरेँ, बेड खाली छ, लेटर लेखिदिन्छु सिधै ईमर्जेन्सीमा लैजानु र मेरो नाम लिनु ।’ हामी अत्ताल्लिएका बाबुआमा त्यो पनि मन्जुर गरेर एम्बुलेन्स खोज्न थाल्यौँ । जब बिरामीलाई गाडीमा सार्न लाग्यौं डा जयदेब यादवले एउटा पत्र लिएर आए र हातमा दिँदै ‘यो मात्र लिएर जानुस् अरु कागजात केही लानु पर्दैन भन्दै छोरीको मेडिकल रेकर्ड कार्ड (प्रेसक्रिप्सन) नर्सलाई लुकाउन लगाए । त्यतिबेला भने मेरो मनमा चिसो पस्यो र डा। को आँखा छलेर गएर काउन्टरमा नर्सको हातबाट कागज खोसेर बोकेर हिडेँ।

त्यसपछि अक्सिजन जोडिजोडि नै नानीलाई कान्ती बाल अस्पताल पुर्यायौँ। त्यहाँ अस्पतालले बेड खाली नभएको भनेर लिनै मानेन फेरि त्यहाँ कुनै डाक्टर वा हिमाल हस्पिटलले केही खबर गरेको छैन, कसैसँग कुरा गरेको छैन भनेर नानीको अवस्था नाजुक भैसकेको भन्दै तुरुन्तै पीआईसीयू भएको अर्को अस्पताल लैजान सुझाव दिए । हामीले खोजि गर्ने क्रममा मेट्रो हस्पिटलमा बेड खाली भएको बुझेर फेरि एम्बुलेन्स बोलाएर त्यहाँ पुर्यायौँ । मेट्रो हस्पिटल पुग्दासम्म छोरीले बोलाउँदा रेस्पोन्स गरिरहेकी थिइन्।

तर त्यो बेलासम्ममा छोरीको स्याचुरेसन ५० को हाराहारीमा झरिसकेकोले सिधै सघन उपचार कक्षमा हालियो । उता छोरीको उपचार सुरुभयो यता हामी अन्य कागजी प्रकृया मिलाउन थाल्यौँ।

लगभग एक घण्टापछि भित्रबाट मलाई बोलाइयो र म भित्र गएँ । छोरी हेर्न सकिने अवस्था मै थिईनन् । हाम्रो काख र अँगालो रित्तिईसकेको थियो। बाँकी कुरा हजुरहरुलाई अवगत भैसक्यो।

१ चार, पाँच दिनदेखि ज्वरो तथा खोकी लागेको बच्चालाई किन कुनै परीक्षणहरू गरिएन र उपचार थालियो ।
२ लगातार ३ दिनसम्म बाफ लगाउन लगाएर पनि किन एक्स–रे, रगत जाँच तथा पिसाप जाँच जस्ता अति आवश्यक जाँचहरू गरिएन ?
३ पेट फुल्ने, अनुहार सुन्निने घ्यारघ्यार हुने, लामो समय पिसाप नहुने जस्ता लक्षणहरू थपिँदै जाँदा अभिभावकहरूको कुरामा किन ध्यान दिइएन र किन मानिएन ?
४ अस्पतालले पीआईसीयू आवश्यक छ भनी त्यहाँबाट अर्को अस्पताल पठाउनु अघि ‘कान्ति अस्पतालमा एक्ष्ऋग् खाली छ, सम्बन्धित डाक्टरसँग कुरा भयो, छिटो लैजानोस्’ भनेर त्यहाँ कसैसँग कुरा नगरी पीआईसीयू खाली नभएको ठाउँमा पठाएर त्यस्तो संवेदनशील अवस्थामा किन खेलबाड गरियो ?
५ रेफर लेटरमा डाक्टरको हस्ताक्षर नगरी र अस्पतालको छाप समेत नहानी किन पठाइयो ?
६ बिरामीको पुरानो चार दिनदेखिको हिमाल हस्पिटलको मेडिकल रेकर्ड र औषधी किन लुकाउने कोसिस गरियो ?

– अब म के गरौं ! कोसँग लडौँ ?
– मसँग को उभिन्छ ? देश कि नागरिक ?
– यति संवेदनशील सेवामा किन लापरवाही गरियो ?
– यो विषयमा विज्ञ म हो कि डाक्टर ? उसको कुरा मानेर मैले कहाँनिर गल्ती गरेँ ?
– मैले बेहोरेको क्षति यो राज्यको क्षति हो कि होइन ?
– सम्बन्धित डाक्टरको योग्यता छानबिन हुनुपर्छ कि पर्दैन ?
– न्याय माग्न पाउने अधिकार त छ तर न्याय पाउने भरोसा कस्ले दिन्छ ?
उजुरी गर्नु पर्ने निकायहरुमा उजुरी गरिसकेको छु अब सबैले सबैलाई भनिदिनुस्, बोलिदिनुस्, सँगै उभिइदिनुस्
हामीले भोगेको क्षति अरुले भोग्नु नपरोस् भन्ने चाहन्छु । त्यसैले न्यायको आशा गर्दछु ।

प्रशंसा गौतमको बाबा
गौरभ दर्पण
(गंगा गौतम)

डा जयदेब यादव हिमाल हस्पिटल