Logo
१३ वैशाख २०८१, बिहीबार

कांग्रेसले गर्यो जोशी र कोइरालाको कारबाही फिर्ता

अक्षरपाटी
२०७९ चैत्र १९ , आईतबार ०२:०४ मा प्रकाशित

काठमाडौं। आज बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उपनिर्वाचनमा बारा २ बाट जसपाका उम्मेदवारलाई सघाउने निर्णय गरेको छ।

सभापति शेरबहादुर देउवाले राखेको प्रस्ताव बैठकबाट पारित भएको सहमहामन्त्री जीवन परियारले जानकारी दिए।

यस्तै बैठकले पूर्वमन्त्री गोविन्दराज जोशी र विकास कोइरालको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ।

समितिको आज बसेको बैठकले २०७९ भन्दा पहिले स्वतन्त्र उम्मेदवारी दिएर पार्टी अनुशासन उल्लंघन गरेका बारा, तनहुँ र चितवन नेताहरुको पुरानै सदस्यता निरन्तरता हुने गरी कारबाही फुकुवा गर्ने निर्णय गरेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए।

पाण्डेका अनुसार कारबाही फुकुवा गरेका नेताहरुले उपनिर्वाचनमा खेल्ने भूमिकालाई हेरेर थप निर्णय गर्ने भएको छ।

तनहुँका पूर्वमन्त्री जोशी मंसिर ४ को निर्वाचनमा रामचन्द्र पौडेलविरुद्व बागी उम्मेदवारी दिएपछि कारबाहीमा परेका थिए।

चितवनका कोइराला पूर्वजिल्ला सभापति हुन् उनले २०७० सालको संविधानसभा निर्वाचनमा पार्टीका तत्कालीन केन्द्रीय सभापति सुशील कोइरालाविरूद्ध तत्कालीन चितवन ४ बाट स्वतन्त्र उम्मेदवारी दिएका कारण कारबाहीमा परेका थिए।

नेपाली कांग्रेस