Logo
२३ वैशाख २०८१, आईतबार

नेपाल क्यान्सर हस्पिटलको सहयोगमा र्‍याम्प सो हुँदै

अक्षरपाटी
२०७९ चैत्र २२ , बुधबार ०२:०४ मा प्रकाशित

काठमाडौं । क्यान्सर सर्भाइभर र्‍याम्प सोको तेस्रो श्रृङखला आयोजना हुने भएको छ।

नेपाल क्यान्सर सपोर्ट समूहको आयोजना र उपचारका लागि सहयोगी हातहरु नेपालको सहयोगमा  सो हुन लागेको हो।

बिहीबार होटल हिमालयमा आयोजना हुने र्‍याम्प सोका लागि नेपाल क्यान्सर हस्पिटलको मुख्य सहयोग रहेको छ।

बिहीबार बेलुका ललितपुरस्थित होटेल हिमालयमा आयोजा हुने एक दिने सोको कोरियोग्राफ नेपालकी पहिलो मोडेल डोली गुरुङले गर्नेछिन्।

त्यसका लागि मंगलबार र बुधबार अभ्यास गरिएको आयोजकले जनाएको छ।

‘क्यानसर निको हुनसक्छ र क्यान्सपछि पनि जीवन छ’ भन्ने सन्देश दिन क्यान्सर सर्भाइभर र्‍याम्प सोको आयोजना गरिन लागेको हो।

यसअघि पनि दुई सिजन कार्यक्रम सम्पन्न भइसके पनि कोरोनालगायतका कारण सोको आयोजना स्थगित गरिएको थियो।

सोबाट उठेको रकम क्यान्सको उपचार गरिरहेका असहायहरुका लागि खर्च गरिने आयोजकले जनाएको छ।