Logo
१३ असार २०८३, शनिबार

राष्ट्रिय क्रिकेट टोलीको चिकित्सकमा डा. अभिषेकराज

अक्षरपाटी
२०७९ चैत्र २३ , बिहीबार १०:०४ मा प्रकाशित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलोपटक आधिकारिक चिकित्सक पाएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले डा. अभिषेकराज सिंहलाई क्रिकेट टोलीको मेडिकल संयोजकमा नियुक्त गरेको हो।

सङ्घका कार्यवाहक सचिव दुर्गाराज पाठकका अनुसार नेपाली राष्ट्रिय क्रिकेट टिमको मेडिकलसम्बन्धी सम्पूर्ण कार्यको सहजीकरण गर्ने उद्येश्यले डा. सिंहलाई मेडिकल संयोजकमा नियुक्त गरिएको हो।

यसअघि राष्ट्रिय क्रिकेट टोलीमा निजी चिकित्सक थिएनन्। नेपालले एकदिवसिय अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो स्थान जोगाउन सफल भएलगत्तै सङ्घले डा. सिंहलाई मेडिकल कोअर्डिनेटर नियुक्त गरेको हो।

सचिव पाठकले राष्ट्रिय क्रिकेट टोलीका लागि चिकित्सक नियुक्त भएपछि खेलाडीमा भरोसा वृद्धि हुने विश्वास व्यक्त गरेका छन्।

डा. सिंहले आफ्नो अनुभवलाई राष्ट्रिय क्रिकेट टोलीका लागि भरपुर सदुपयोग गर्ने बताएका छन्।

ट्रेन्डिङ ( साप्ताहिक )