Logo
२४ वैशाख २०८१, सोमबार

भारतमा कोरोना संक्रमित बढ्दै, स्वास्थ्य मन्त्रालयको आकस्मिक बैठक

अक्षरपाटी
२०७९ चैत्र २४ , शुक्रबार १०:०४ मा प्रकाशित

काठमाडौं। भारतमा बिहीबार एकै दिन ५ हजार ३ सय ३५ जनामा कोरोना संक्रमण देखिएको छ।

साढे ६ महिनायता यो सबैभन्दा धेरै संख्या भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कोरोना संक्रमित दर बढेपछि भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आकस्मिक बैठक बोलाएको छ।

केन्द्रीय स्वास्थ्य मन्त्री मनसुख मण्डवियाले देशमा कोरोना संक्रमण बढेपछि आज सबै राज्य र केन्द्र शासित प्रदेशका स्वास्थ् मन्त्रीहरुसँग समीक्षाका लागि बैठक आह्वान गरेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सरकारले राज्य र केन्द्र शासित प्रदेशहरूमार्फत कोभिड सम्बन्धी दिशानिर्देशहरू जारी गरिसकेको छ।

प्रधानमन्त्रीले कोभिडबारे सबै राज्यहरूसँग समीक्षा गर्न निर्देशन दिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

बिहीबारसम्म भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार ५ सय ८७ पुगेको छ।