Logo
१४ वैशाख २०८१, शुक्रबार

धनगढीमा खानेपानीको पाइप विस्तार हुँदै

अक्षरपाटी
२०७९ चैत्र २४ , शुक्रबार ०९:०४ मा प्रकाशित

धनगढी । सहरी विकास आयोजनाले धनगढीमा खानेपानीको पाइप विस्तार गर्ने काम सुरु गरेको छ।

एसियाली विकास बैंक (एडीबी)को सहुलियत ऋण लगानीमा धनगढीमा २० दशमलव ५ मिलोमिटर क्षेत्रमा खानेपानीको पाइप विस्तार गर्न लागिएको हो।

सडकको दायाँबायाँ १० किलोमिटर क्षेत्रमा पाइप विस्तारको काम सुरु भएको छ। ठेक्का सम्झौता भने २०.५ किलोमिटरको लागि भएको छ।

लामो समयदेखिको विवाद समाधानपछि अहिले पाइप बिछ्याउने काम सुरु भएको हो।

क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत कालोपत्र गरिएको र केही गर्न बाँकी सडकमा पाइप विस्तार सुरु भएको आयोजना कार्यालयले जनाएको छ।

हाल धनगढीको सहदिगेटदेखि क्याम्पस गेटसम्म पाइप विस्तारको काम सुरु भएको हो।

निर्माणको ठेक्का कालिका कन्ट्रक्सनले पाएको छ। क्षेत्रीय सहरी विकासले एक करोड ५० लाखमा १० किलोमिटर सडकको दुबैतिर पानेपानीका पाइप विस्तारको काम सुरु गरिसकेको आयोजना कार्यालयले जनाएको छ।

धनगढीभित्र सात सडकको १० किलोमिटर कालोपत्र गर्न ६८ करोड ५ लाख ९८ हजारमा निर्माण सम्झौता गरिएको थियो।

एक करोड ५० लाखको खानेपानीका पाइप विस्तारका लागि नयाँ सम्झौता गरिएको हो।

धनगढीको मुख्य सडकमा विद्युत विस्तारको काम भने भने अझै टुङ्गो लागेको छैन।

धनगढी उपमहानगर