Logo
२४ वैशाख २०८१, सोमबार

नेपालमा शुक्रबार ९९ जनामा कोरोना संक्रमण

अक्षरपाटी
२०७९ चैत्र २४ , शुक्रबार १०:०४ मा प्रकाशित

काठमाडौं। आज एकै दिन नेपालमा ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

एक हजार ६३५ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

आज २६ जना कोरोना संक्रमण मुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या ३७३ पुगेको छ।

अस्पतालमा भर्ना भएकामध्ये चारजना आईसीयु तथा एकजना भेन्टिलेटर १२ जनाको सामान्य उपचार भइरहेको छ।