Logo
२४ वैशाख २०८१, सोमबार

नेपालमा बढ्दै कोरोना, एक जनाको मृत्यु, १०६ संक्रमित

अक्षरपाटी
२०७९ चैत्र २८ , मंगलबार ०५:०४ मा प्रकाशित

काठमाडौं। नेपालका पछिल्लो समय पुनः कोरोना संक्रमण बढ्न थालेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा एक जना संक्रमितको मृत्यु भएको छ।

योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ हजार २१ पुगेको छ।

यो अवधिमा १०६ जना नयाँ संक्रमित थपिएका छन्। अहिले देशभर सक्रिय संक्रमितको संख्या ४६९ पुगेको छ।

मन्त्रालयका अनुसार २ हजार ४३६ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।

अहिले ५ जना संक्रमितको भेन्टिलेटरमा, १३ जनाको आईसीयू र २४ जना आईसोलेसनमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ। यो अवधिमा ४८ जना निको भएका छन्।