Logo
१९ वैशाख २०८१, बुधबार

राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लग्नेबारे परामर्श

अक्षरपाटी
२०८० वैशाख ६ , बुधबार ०८:०४ मा प्रकाशित

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लग्नेबारे परिवार र चिकित्सकबीच परामर्श भइरहेको बताइएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेल मंगलबारदेखि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत छन्।

पौडेलको छातीमा संक्रमण देखिएको र थप उपचारका लागि भारत लग्नेबारे चिकित्सक र परिवारबीच परामर्श भइरहेको त्रिवि शिक्षण अस्पतालका प्रशासनले जनाएको छ।

राष्ट्रपति पौडेलको उपचारमा संलग्न एक चिकित्सकका अनुसार लामो समय औषधि सेवन गर्दा पनि छातीको संक्रमण कम नभएपछि परिवारले समेत भारत लैजान आग्रह गरेका छन्।

परिवार र चिकित्सकबीच कुराकानी मिलेमा राष्ट्रपति पौडेललाई आज एयर एम्बुलेन्समार्फत भारत लगिने सम्भावना छ। राष्ट्रपति पौडेलको उपचार डा निरज बमको नेतृत्वमा भइरहेको छ।

मंगलबारको मन्त्रिपरिषद् बैठकपछि उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले टिचिङ अस्पताल पुगेर राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।

एक साताअघि पनि छातीमा समस्या देखिएका कारण पौडेललाई शिक्षण अस्पतालमा उपचार गरिएको थियो।

रामचन्द्र पौडेल