Logo
१९ वैशाख २०८१, बुधबार

थप उपचारका लागि राष्ट्रपति पौडेललाई दिल्ली लगियो

अक्षरपाटी
२०८० वैशाख ६ , बुधबार ११:०४ मा प्रकाशित

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडलको स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि दिल्ली लगिएको छ।

श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत उनलाई थप उपचारका लागि दिल्लीको एम्स अस्पताल लगिएको राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले बताए।

राष्ट्रपति हुनुअघि पनि पौडेलको एम्स अस्पतालमा उपचार हुने गरेकाले त्रिवि शिक्षण अस्पताल र एम्स अस्पतालका चिकित्सकबीचको सल्लाहपछि उनलाई एम्समा लगिएको प्रेस संयोजक कार्कीले बताए।

स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार साँझ राष्ट्रपति पौडेललाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको थियो।

राष्ट्रपति पौडेलसँगै त्रिवि शिक्षण अस्पतालका दुई जना चिकित्सक र एक जना नर्स पनि सँगै गएका छन्।

योभन्दा पहिला पनि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल १८ चैतमा त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए। त्यसबेला पाँच दिन उपचार गरेर उनी शीतलनिवास फर्किएका थिए।

रामचन्द्र पौडेल