Logo
१५ वैशाख २०८१, शनिबार

५०औं एकदिवसीय खेल्दै नेपाल

अक्षरपाटी
२०८० वैशाख ८ , शुक्रबार ०९:०४ मा प्रकाशित

काठमाडौं । नेपाली राष्ट्रिय टोलीले ५० औं एकदिवसी अन्तराष्ट्रिय खेल खेल्दै छ । शुक्रबार नेपालले ओमानविरुद्ध मैदान उत्रिदै आफ्नो ५० औं एकदिवसीय अन्तराष्ट्रिय .ओडिआई) खेल खेल्न लागेको हो ।

एसीसी प्रिमियर कप अन्तर्गत शुक्रबार बिहान नौ बजेदेखि टियु मैदानमा सुरु भएको नेपाल र ओमानबीचको खेल नेपालको ५० औं ओडिआई खेल हो ।

सन् २०१८ मार्च १५ मा ओडिआई मान्यता प्राप्त गरेको नेपालले हालसम्म ४९ ओडिआई खेलेको छ ।

नेपालमा आयोजना भईरहेको एसीसी प्रिमियर कप प्रतियोगितामा एकै समूहमा रहेका नेपाल र ओमान ओडिआई मान्यता देश हुन् । त्यसैले यो खेल ओडिआई मान्यता प्राप्त हुनेछ ।

नेपालले आफ्नो पहिलो ओडिआई खेल २०१८ अगष्ट १ मा नेदरल्यान्ड्ससँग उसकै घरेलु मैदानमा खेलेको थियो । दुई खेलको सिरिजमा पहिलो खेलमा पराजित भएको नेपालले दोस्रो खेलमा भने रोमान्चक १ रनको जित हात पारेको थियो।