Logo
१६ चैत्र २०८०, शुक्रबार

ईदको अवसरमा प्रधानमन्त्रीद्वारा शुभकामना

अक्षरपाटी
२०८० वैशाख ९ , शनिबार ०९:०४ मा प्रकाशित

काठमाडौं । प्रधाननमन्त्री पुष्पकमल दाहाल प्रचन्डले इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईदको अवसरमा शुभकामना सन्देश दिएका छन् ।

उनले वर्तमान सरकार संविधानप्रदत्त अधिकारहरूको व्यवस्थित कार्यान्वयनमार्फत् सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न दृढ संकल्पित रहेको बताएका छन् ।

ईद पर्वले संविधानको प्रभावकारी कार्यान्वयनमार्फत् बलियो राष्ट्रिय एकता, समुन्नत एवं समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय अभियानमा थप प्रेरणा प्रदान गर्ने उनले विश्वास व्यक्त गरेका छन् ।

उनले स्वदेश तथा विदेशमा रहेका इस्लाम धर्मावलम्बीहरूका साथै सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीघार्यु, समृद्धि एवं निरन्तर प्रगतिको शुभकामना पनि दिएका छन् ।