Logo
६ जेठ २०८१, आईतबार

देशभर १३६ जनामा कोरोना संक्रमण

अक्षरपाटी
२०८० वैशाख १२ , मंगलबार ०७:०४ मा प्रकाशित

काठमाडौं। पछिल्लो २४ घण्टामा थप १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ५९१ नमुनामध्ये १०१९ जनाको पीसीआर परीक्षण गर्दा ९२ जना र ५७२ जनाको एन्टीजेन परीक्षण गर्दा ४२ जनामा गरी १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै कोरोनाका सक्रिय संक्रमितको संख्या देशभर ३९० पुगेको छ। तींमध्ये २७ जना संस्थागत आईसोलेशनमा, ४ जना आईसीयूमा र एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

संक्रमण बढेसँगै कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाउन स्वास्थ्य मन्त्रालयले सबैमा आग्रह गरेको छ।