Logo
२४ पुस २०८१, बुधबार

सुदूरपश्चिमका नौवटै जिल्लामा कांग्रेस निकट जनजाति महासंघको नेतृत्व चयन

अक्षरपाटी
२०८० वैशाख १७ , आईतबार ०८:०४ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति बीरबहादुर बलायरले नेपाल लोकतान्त्रवादी आदिबासी जनजाति महासंघअन्र्तगत सुदूरपश्चिमका नौ वटै जिल्लामा नेतृत्व मनोनयन गरेका छन्।

पूर्व मन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य बलायरले आदिबासी जनजाति महासंघ अन्तर्गत कैलालीको अध्यक्षमा गंगाबहादुर योञ्जन, डोटी अध्यक्षमा विनोद पुन मगर दार्चुलामा विरेन्द्रसिंह बुढाथोकी, कञ्चनपुरमा कृष्णबहादुर तामाङ, बैतडीको अध्यक्षमा सन्तोष राई, बाजुरामा चन्द्रबहानुर विष्टलाई मनोनायन गरेका हुन्।

त्यस्तै बझाङको अध्यक्षमा प्रेमबहादुर लामा, डडेल्धुरामा वसन्तदेवी थापामगर र मदन घर्तीमगरलाई अछामको अध्यक्षको जिम्मेवारी दिएका हुन्।

उनीहरुलाई मनोनयतपछि शपथ ग्रहगसमेत सुदूरपश्चिम प्रदेश सभापति बलायरले गराएका छन्। बलायर यतिबेला आफ्नो निर्वाचन क्षेत्र कैलाली ४ को भ्रमणपछि कार्यकर्ता भेटघाट तथा संगठन सुदृढिकरणमा लागेको उनको सचिवालयले जनाएको छ।