Logo
१४ वैशाख २०८१, शुक्रबार

देशकै जेठो वीर अस्पतालको पुरानो भवन भत्कियो

अक्षरपाटी
२०८० वैशाख १७ , आईतबार ०३:०४ मा प्रकाशित

काठमाडौं। काठमाडौंस्थित देशकै पुरानो र ठूलो वीर अस्पतालको पुरानो भवनको केही भाग भत्किएको छ।

हिजोदेखि परेको निरन्तर वर्षाका बीच वीरको भवनको एकातिरको दिवाल भत्किएको वीरका एक कर्मचारीले बताए।

भवन भत्किँदा केही मानिस घाइते भएको वीरका एक डाक्टरले बताए। उनका अनुसार घाइते ४ जनाको वीरमै उपचार भइरहेकाे छ। भवनको छत भत्किए पनि ठूलो मानवीय क्षति भने नभएको उनको भनाइ छ।

श्री ३ वीर शमशेरले विक्रम संवत १९४६ साल साउन १२ गते सर्वसाधारण जनताका लागि भनेर वीर अस्पताल स्थापना गरेका थिए।

यो अस्पताल देशकै सबैभन्दा जेठ र ठूलो हो। नयाँ भवन निर्माण गरिए पनि अधिकांस विरामीको चाप पुरानै भवनमा हुने गरेको छ। भवन कतिपय भागमा जीर्ण र पुरानो भइसकेको छ।