Logo
१६ चैत्र २०८०, शुक्रबार

राष्ट्रपतिले आफ्नो उपचार खर्च आफै बेहोर्ने

अक्षरपाटी
२०८० वैशाख १९ , मंगलबार ०२:०५ मा प्रकाशित

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो उपचारमा खर्च आफै बेहोर्ने भएका छन्।

स्वास्थ्यमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा सुधार नभएपछि उनी दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचारका लागि पुगेका थिए।

लामो समय उपचा गराउन दिल्ली बसेका राष्ट्रपति पौडेलले आफ्नो उपचारमा लागेको खर्च राज्य कोषबाट नलिन चाहेको उनका प्रेस संयोजक खिला कार्कीले जनाएका छन्।

आफ्नो उपचारमा लागेको सम्पूर्ण खर्च आफै बेहोर्ने राष्ट्रपतिको चाहना भएको कार्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

रामचन्द्र पौडेल