Logo
७ वैशाख २०८१, शुक्रबार

सेती अस्पतालमा कोरोना र डेंगुबाट संक्रमित युवाको मृत्यु

अक्षरपाटी
२०८० वैशाख २१ , बिहीबार ०६:०५ मा प्रकाशित

कैलाली। धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा कोरोना र डेंगु संक्रमित एक युवाको मृत्यु भएको छ।

बैतडीका ३० वर्षीय युवाको गए राति भेन्टिलेटरमा उपचार भइरहेकै अवस्थामा मृत्यु भएको अस्पतालले जनाएको छ।

नशासम्बन्धी रोगको उपचारका लागि अस्पताल आएका उनको वैशाख १७ गते परीक्षण गर्दा करोना पोजेटिभ देखिएको थियो।

त्यसको दुई दिनपछि परीक्षणका क्रममा उनी डेंगुबाट समेत संक्रमित भएको पाइएको थियो। यसअघि वैशाख ३ गते अस्पतालमा उपचाररत एक महिलाको पनि कारोना संक्रमणका कारण मृत्यु भएको थियो।

भारतमा कोरोना संक्रमण बढेसँगै सिमाना जोडिएको कैलालीमा पनि संक्रमितको संख्या बढ्दै गएको छ। खुला सिमानाका कारण भारतबाट आउनेहरुमा कोरोना संक्रमण समेत भित्रिने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन्।

तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा सर्वसाधारणबाट भइरहेको लापरबाहीले रोगको सङ्क्रमण थप बढ्नसक्ने स्वास्थ्यकर्मीको भनाइ छ। यसबारेमा स्थानीय निकाय र प्रदेश सरकार सचेत हुनुपर्ने उनीहरुको सुझाव छ।