Logo
११ वैशाख २०८१, मंगलबार

गौतम बुद्धको जन्मभूमि नेपाल हुनु गौरवको विषयः राष्ट्रपति

अक्षरपाटी
२०८० वैशाख २२ , शुक्रबार ०८:०५ मा प्रकाशित

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले विश्व शान्तिका दूत गौतम बुद्धको जन्मभूमि नेपाल हुनु गौरवको विषय भएको बताएका छन्।

आज २५६७ औं बुद्ध जयन्तीका अवसरमा देश, विदेशमा रहेका नेपाली दिदीबहिनी र दाजुभाइमा शान्तिको शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले विश्व शान्तिका प्रकाश भनेर सम्मान गरिने बुद्धको जन्मभूमि नेपाल हुनु गौरवको विषय भएको उल्लेख गरेका छन्।

पौडेलले गौतम बुद्धले प्रतिपादन गरेको अहिंसा र शान्तिको सन्देशले व्यक्ति, परिवार, समाज, देश र विश्वको सर्वोत्तम हित र प्रगतिका लागि सदैव प्रेरणा दिने विश्वाससमेत व्यक्त गरेका छन्।

उनले गौतम बुद्धको प्रेरणाले धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ र सबल बनाउन सकिने विश्वास समेत राष्ट्रपति पौडेलले व्यक्त गरेका छन्।

रामचन्द्र पौडेल