Logo
२४ साउन २०८३, आईतबार

प्रि बजेटमाथि आज पनि छलफल

अक्षरपाटी
२०८० वैशाख २६ , मंगलबार ११:०५ मा प्रकाशित

काठमाडौं। वैशाख २४ देखि सुरु भएको वर्षे अधिवेशनका क्रममा आज पनि संसदमा प्रि बजेटमाथि छलफल हुने भएको छ।

प्रतिनिधि सभाको कार्य व्यवस्था समितिको आइतबारको बैठकले गरेको निर्णय अनुसार आज पनि प्रि बजेटमा छलफल हुन लगोको हो।

निर्णय अनुसार वैशाख २५ देखि २८ सम्म प्रि बजेटका बारेमा छलफल हुने जनाइएको छ। अहिले ११ बजेदेखि साँझ ५ बजेसम्म गरिने छलफलको अन्तिम दिन वैशाख २७ गते अर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिने कार्यतालिका तय भएको छ।

संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते आगामी आथिएक वर्षको बजेट आउनेछ।