Logo
७ वैशाख २०८१, शुक्रबार

गुणराजको गजल ‘मौसम खराब थ्यो’

अक्षरपाटी
२०८० जेठ २१ , आईतबार ०७:०६ मा प्रकाशित

काठमाडौं। धेरै लोकप्रिय गीतहरु बजारमा ल्याइसकेका युवा गायक गुणराज श्रेष्ठ पहिलो पटक सांगीतिक कोसेली गज़ल लिएर आएका छन्।

गीतकार बी पाण्डेको रचना र सुवास भुसालको संगीत रहेको गजल ‘मौसम खराब थ्यो’लाई साहस शाक्यको एरेन्ज रहेको छ।

रोमान्टिक शैलीमा गाइएको गजल ‘मौसम खराब थ्यो’लाई गायक गुणराजको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

भिडियोमा गुणराज र प्रियंका चौधरीको अभिनय छ।