Logo
२१ कात्तिक २०८२, शुक्रबार

प्रधानमन्त्री भन्छन् : पाँच वर्षसम्म यही गठबन्धन रहन्छ

अक्षरपाटी
२०८० असार ११ , सोमबार ०४:०६ मा प्रकाशित

काठमाडौं ११ असार। राजनीतिक वृत्तमा गठबन्धन फेरबदलको अडकलबाजी भइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहालले यो गठबन्धन पाँच वर्ष जाने बताएका छन्।

केही दिनअघि कांग्रेस महामन्त्री गगन थापाले आवश्यक परे गठबन्धन फेरिनु ठूलो कुरा नभएको भन्दै दिएको अभिव्यक्तिले पनि गठबन्धन परिवर्तनको अडकलबाजी गर्नेलाई बल पुगेको थियो।

चर आज धादिङको गजुरीमा आदर्श बहुमुखी क्याम्पसको भवन उद्घाटन गर्न पुगेका प्रधानमन्त्री दाहालले यो गठबन्धन पाँच वर्ष चल्ने दाबी गरेका हुन।

यता चार दलीय मोर्चा बन्नु र त्यही बेला कांग्रेस सभापति विदेश जानुले गठबन्धन फेरबदलको प्रयास भइरहेको अनुमान गर्नेहरुलाई बल पुगेको छ।