Logo
२२ वैशाख २०८१, शनिबार

फिफा महिला विश्वकप फुटबल अन्तर्गत आज चार खेल हुँदै

अक्षरपाटी
२०८० साउन १७ , बुधबार १०:०८ मा प्रकाशित

काठमाण्डौ,१७ साउन । फिफा महिला विश्वकप फुटबल अन्तर्गत आज चार वटा खेल हुँदैछन् ।

आज समूह डी का अर्जेन्टिना र स्वीडेन तथा दक्षिण अफ्रिका र इटाली खेल्दैछन् । दुवै खेल नेपाली समय अनुसार दिउँसो पौने एक बजे हुनेछन् ।

यस्तै दिउँसो पौने चार बजे हुने खेलमा समूह एफका पानमा र फ्रान्स तथा जमैका र ब्राजिल खेल्दैछन्। हिजो भएको खेलबाट इंग्ल्याण्ड, डेनमार्क, अमेरिका र नेदरल्याण्ड्स अन्तिम १६ मा पुगेका छन् ।

इंग्ल्याण्डले चीनलाई, डेनमार्कले हैटीलाई र नेदरल्याण्ड्सले भियतनामलाई हराउँदै अन्तिम १६ मा पुगेका हुन् ।

अमेरिकाले पोर्चुगलसँग बराबरी खेल्दै अन्तिम १६ मा पुगेको हो । महिला विश्वकप फुटबलमा ३२ देश सहभागी छन् ।

आठ वटा समूहबाट दुई दुई वटाका दरले १६ वटा देश नकआउट चरणमा पुग्नेछन् ।