Logo
२५ वैशाख २०८१, मंगलबार

सामाजिक सञ्जालमा जथाभावी लेख्नेलाई कारबाही

अक्षरपाटी
२०८० असोज १७ , बुधबार ०६:१० मा प्रकाशित

नेपाल प्रहरीले सामाजिक सञ्जालमा जथावाभी नलेख्न र प्रकाशन नगर्न सुचना जारी गरेको छ ।


पछिल्लो समय सामाजिक सञ्जाल दुरुपयोगका घटनाहरु बढेपछि जथाभावी नलेख्न र प्रकाशन नगर्न आग्रह गरेको हो ।


प्रहरीको साइबर ब्युरोले बुधबार एक सूचना जारी गर्दै सामाजिक सद्‌भाव भड्काउने, राष्ट्रिय अखण्डतामा खलल पार्ने, जातीय भेदभाव, छुवाछूत र शान्ति सुरक्षा भंग गर्नेजस्ता विषय सामाजिक सञ्जालमा प्रकाशन/प्रसारण गरे कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ ।